काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले गृहमन्त्री सुधन गुरुङ र पूर्वाधारमन्त्री सुनिल लम्सालसँग अँगालो हाल्दै खिचिएको फोटो सार्वजनिक गरेका छन् ।
प्रधानमन्त्री शाहले उक्त फोटो आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्दै “देश बनाउने टोली” भन्ने क्याप्सनसमेत लेखेका छन् ।
उनले लेखेका छन्, 'पिएम, एचएम, आइएम, देश बनाउने टोली ।'
सार्वजनिक तस्वीरमा तीनै जना नेता कालो चस्मा लगाएर अँगालो हालिएको अवस्थामा देखिएका छन् ।