Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रधानमन्त्रीको स्टाटस विवादमा, बस्नेत भन्छन् - बालेनलाई मनोवैज्ञानिक परामर्श गराउन आवश्यक

प्रधानमन्त्रीको स्टाटस विवादमा, बस्नेत भन्छन् - बालेनलाई मनोवैज्ञानिक परामर्श गराउन आवश्यक

आइतवार , जेठ २४, २०८३

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) द्वारा सामाजिक सञ्जालमा गरिएको कथित व्यंग्यात्मक पोस्टप्रति आपत्ति जनाउँदै पदको गरिमा र जिम्मेवारीबारे गम्भीर प्रश्न उठाएका छन् ।

बस्नेतले बालेन शाहले आफ्नो फेसबुक पेजमा मध्यरातमा लेखेको 'मलाई पनि एम्बासडर बन्न मन छ, पिएमको नम्बर दिनुस् न' भन्ने स्टाटसलाई उद्धृत गर्दै उच्च पदस्थ व्यक्तिबाट यस्ता अभिव्यक्ति आउनु उपयुक्त नहुने टिप्पणी गरेका हुन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै एमाले सचिव बस्नेतले राज्य सञ्चालनको जिम्मेवारीमा रहेका व्यक्तिबाट संयम, मर्यादा र संस्थागत आचरण अपेक्षित हुने उल्लेख गरेका छन् । उनले यस्ता अभिव्यक्तिले परिपक्व नेतृत्वभन्दा व्यक्तिगत असन्तुष्टि र आक्रोश झल्काउने दाबी गरेका छन् ।

बस्नेतले थप आरोप लगाउँदै हालै सामाजिक सञ्जालमा देखिएको व्यवहारलाई “अमानवीय” र “व्यंग्यात्मक” भएको टिप्पणी गरेका छन्।

उनले एक मधेशी कर्मचारीसम्बन्धी घटनासँग जोड्दै राज्य संयन्त्रले त्यस विषयलाई गम्भीर रूपमा सम्बोधन गर्नुपर्नेमा ध्यान नदिएको भन्दै आलोचना पनि गरेका छन्।

उनले बालेन शाहको व्यवहारलाई लिएर मनोवैज्ञानिक अवस्था सम्बन्धी टिप्पणी समेत गरेका छन्, जसलाई उनले “अत्यधिक इगो हर्ट” र “परामर्श आवश्यक हुन सक्ने अवस्था” जस्तो रूपमा व्याख्या गरेका छन् ।

'कहिलेकाहीँ यस्तो व्यवहारले बालेन अत्यधिक इगो हर्ट भएको व्यक्ति त हुँदै हो तर पछिल्लो उनको व्यवहारले उनलाई मनोवैज्ञानिक परामर्श गराउन आवश्यक चरणमा पुगेका हुन् कि भन्ने देखाउँछ,' उनले भने।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077