Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

कांग्रेसभित्र ‘निरंकुशता’ सुरु भयो, सहमति बिना पार्टी अघि बढ्न सक्दैन : शेखर कोइराला

कांग्रेसभित्र ‘निरंकुशता’ सुरु भयो, सहमति बिना पार्टी अघि बढ्न सक्दैन : शेखर कोइराला

आइतवार , जेठ ३१, २०८३

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतन्त्रको रक्षा र निरंकुशताको अन्त्यका लागि स्थापना भएको कांग्रेस पार्टीभित्रै अहिले निरंकुश प्रवृत्ति देखिन थालेको आरोप लगाएका छन् ।

विराटनगरमा आयोजित कोसी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै कोइरालाले लोकतन्त्र इतिहासकै कमजोर अवस्थामा पुगेको दाबी गर्दै बीपी कोइरालाको राष्ट्रिय एकता र मेलमिलाप नीतिको आवश्यकता अझ बढेको बताए ।

उनले कांग्रेस अब बीपी कोइरालाले प्रतिपादन गरेको राष्ट्रिय एकता र मेलमिलापकै मार्गबाट अघि बढ्नुको विकल्प नभएको उल्लेख गरे।

“नेपालको राष्ट्रियता, सार्वभौमिकता, अखण्डता र प्रजातन्त्रलाई मजबुत बनाउन सबै शक्तिबीच सहकार्य र एकता आवश्यक छ,” कोइरालाले भने।

नेता कोइरालाले पार्टीभित्र आन्तरिक सहमति बिना अघि बढ्न नसकिने स्पष्ट संकेत गर्दै सहकार्य र एकताको विकल्प नभएको बताए। उनले पार्टीभित्र उठेका विवादलाई सम्बोधन नगरी संगठन अघि बढ्न नसक्ने टिप्पणी गरे।

यसै क्रममा उनले गगन थापा सँगको छलफलको प्रसंग उठाउँदै आफूले पाँचवटा विषयमा कुरा राखेको उल्लेख गरे।

कोइरालाका अनुसार गगन थापा कोइराला निवासमा पुगेर पार्टीका नेताहरूलाई कारबाहीको धम्की दिएको विषयपछि आफूले बाध्य भएर आफ्नो धारणा सार्वजनिक गर्नुपरेको हो।

“सहमति गर्न अहिले के कुराले रोक्योरु” भन्ने प्रश्न उठाउँदै उनले पार्टीभित्र समन्वय र समझदारी अत्यावश्यक रहेको बताए।

कोइरालाले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको भनाइ उद्धृत गर्दै “सहमति, सहकार्य र एकता” बाटै कांग्रेस अघि बढ्नुपर्ने धारणा दोहोर्‍याए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077