Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

इरान–अमेरिकाबीच १४ बुँदे शान्ति सम्झौताको मस्यौदा सार्वजनिक

इरान–अमेरिकाबीच १४ बुँदे शान्ति सम्झौताको मस्यौदा सार्वजनिक

सोमवार , आषाढ १, २०८३

एजेन्सी । इरानी सञ्चार माध्यम ‘मेहर’ले इरान र अमेरिकाबीच भइरहेको भनिएको शान्ति वार्तासम्बन्धी १४ बुँदे प्रस्तावित सम्झौताको मस्यौदा सार्वजनिक गरेको छ।

उक्त मस्यौदालाई दुवै देशबीच चलिरहेको कूटनीतिक संवादको महत्वपूर्ण उपलब्धि तथा सम्भावित सम्झौताको प्रारम्भिक खाका रूपमा प्रस्तुत गरिएको छ।

मेहरका अनुसार यो मस्यौदा लामो र गहन वार्ताको परिणाम हो, जसमा इरानका प्रमुख मागहरू समेटिएको दाबी गरिएको छ। यद्यपि, दुवै पक्षले औपचारिक रूपमा अन्तिम सहमति भएको पुष्टि गरेका छैनन्।

सार्वजनिक बुँदाहरूमा इरानमाथि लगाइएका तेल तथा पेट्रोकेमिकल निर्यातसम्बन्धी प्रतिबन्ध हटाउने, वित्तीय सम्पत्तिमा पूर्ण पहुँच पुनःस्थापना गर्ने, र करिब २४ अर्ब अमेरिकी डलर रोक्का रकम क्रमशः फुकुवा गर्ने व्यवस्था उल्लेख गरिएको छ।

त्यसैगरी, वार्ता अवधिमा थप १२ अर्ब डलर अग्रिम रूपमा जारी गर्ने प्रस्ताव पनि समेटिएको बताइएको छ। पुनर्निर्माणका लागि झन्डै ३०० अर्ब डलरको योजना अघि सार्ने, र क्षेत्रीय तनाव घटाउँदै युद्धविराम सुनिश्चित गर्ने बुँदा पनि मस्यौदामा रहेको उल्लेख छ।

मस्यौदामा लेबनानसहित विभिन्न मोर्चामा जारी तनाव अन्त्य गर्ने, अमेरिकाले इरानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने प्रतिबद्धता जनाउने, तथा नौसैनिक नाकाबन्दी ३० दिनभित्र हटाउने प्रस्ताव समावेश गरिएको छ।

साथै, होर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने, अमेरिकी सेना क्षेत्रबाट फिर्ता गर्ने, र आणविक कार्यक्रमबारे ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्ने वार्ता प्रक्रिया अघि बढाउने बुँदा पनि उल्लेख गरिएको छ।

यसैगरी, इरानले परमाणु हतियार नबनाउने प्रतिबद्धता दोहोर्‍याउने, र कुनै पनि अन्तिम सम्झौतालाई संयुक्त राष्ट्र सुरक्षा परिषदबाट अनुमोदन गरिने व्यवस्था पनि प्रस्तावमा समेटिएको छ।

मेहरले सार्वजनिक गरेको यस १४ बुँदे मस्यौदालाई अन्तर्राष्ट्रिय कूटनीतिमा महत्वपूर्ण संकेतका रूपमा हेरिएको भए पनि आधिकारिक पुष्टि र अन्तिम सहमतिका लागि अझै औपचारिक प्रक्रिया बाँकी रहेको बताइएको छ

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077