Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको ट्रम्पको दाबी

इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको ट्रम्पको दाबी

सोमवार , आषाढ १, २०८३

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको दाबी गरेका छन् ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेख्दै सो दाबी गरेका हुन् । उनले होर्मुज जलमार्ग पुनः खुल्ने र जहाजहरूको महसुलरहित आवतजावत सुरु हुने बताएका छन् । 

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले अमेरिका र इरानबीच ‘शान्ति सम्झौता’ भएको र त्यो ‘अहिले लागु भइसकेको’ बताएका छन् । यस सम्झौताको हस्ताक्षर समारोह आगामी शुक्रबार स्विट्जरल्यान्डमा हुने तय भएको उनले बताए ।

आइतबार इरानका उप–परराष्ट्रमन्त्रीले समेत पुष्टि गरेको उक्त सम्झौताले अमेरिका र इरानबीचको शत्रुतालाई तत्काल अन्त्य गर्ने बताइएको छ ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेख्दै भनेका छन्, 'इरानसँगको सम्झौता अब पूरा भएको छ । सबैलाई बधाई ! म यसद्वारा होर्मुज जलमार्गलाई महसुलरहित रूपमा खोल्ने पूर्ण अनुमति दिन्छु । यससँगै अमेरिकी नौसैनिक नाकाबन्दी तत्काल हटाउन आदेश दिन्छु । विश्वका जहाजहरू, आफ्ना इन्जिनहरू सुरु गर । तेललाई बग्न देऊ !'

उनले अर्को पोस्टमा यो सम्झौताले मध्यपूर्वमा शान्ति र स्थिरता ल्याउने तथा इरानसँग थप शान्ति सम्झौताका लागि मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरेका छन् । उनका अनुसार शुक्रबार सम्झौतामा हस्ताक्षर भएसँगै बारुदी सुरुङ हटाउने कार्य सुरु हुनेछ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077