Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

जापानको शानदार पुनरागमन, नेदरल्यान्ड्ससँग २–२ को रोमाञ्चक बराबरी

जापानको शानदार पुनरागमन, नेदरल्यान्ड्ससँग २–२ को रोमाञ्चक बराबरी

सोमवार , आषाढ १, २०८३

काठमाडौं । फिफा विश्वकप अन्तर्गत भएको अत्यन्तै रोमाञ्चक खेलमा जापानले दुई पटक पछाडि परेको अवस्था उल्टाउँदै नेदरल्यान्ड्ससँग २–२ को बराबरी खेलेको छ ।

अमेरिकामा सम्पन्न खेलमा दुवै टोलीले एक–एक अंक बाँडेका हुन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफ भने निकै प्रतिस्पर्धात्मक रह्यो।

खेलको ५०औँ मिनेटमा नेदरल्याण्ड्सका कप्तान भर्जिल भान्जिकले गोल गर्दै टोलीलाई अग्रता दिलाए। तर जापानले सात मिनेटमै जवाफ फर्कायो। ५७औँ मिनेटमा केइतो नाकामुराले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए।

खेलको ६९औँ मिनेटमा  क्रिसेन्सियो समरभिलले गोल गर्दै नेदरल्यान्ड्सलाई पुनः २–१ को अग्रता दिलाएपछि डच टोली जिततर्फ उन्मुख देखिएको थियो।

तर अन्तिम समयसम्म संघर्ष जारी राखेको जापानले ८७औँ मिनेटमा महत्वपूर्ण गोल निकाल्यो। कोकी ओगावाले जाली चुमाउँदै खेल २–२ को बराबरीमा पुर्‍याए र जापानलाई हारबाट जोगाए।

बाँकी समय तथा इन्जुरी समयमा दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि थप गोल हुन नसकेपछि खेल २–२ को बराबरीमा समाप्त भयो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077