जनकपुरधाम । मधेस प्रदेशमा राजनीतिक समीकरण फेरिएसँगै प्रदेश सरकारले मन्त्रिपरिषद् पुनर्गठन गरेको छ ।
प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्ण प्रसाद यादवको सिफारिसअनुसार संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्।
नयाँ कार्यविभाजनसहित गरिएको पुनर्गठनसँगै मंगलबार पाँच जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता विष्णु देव साहका अनुसार मन्त्रिपरिषद्लाई पूर्णता दिने उद्देश्यसहित सरकार पुनर्गठन गरिएको हो।
मधेस प्रदेश सरकारमा नयाँ राजनीतिक शक्ति सन्तुलन देखिएको छ । हालै नेकपा र नेकपा एमाले नेतृत्वको समर्थनसहित सरकारमा सहभागी भएपछि मन्त्रिपरिषद् पुनर्गठन गरिएको बताइएको छ।
