Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अविश्वासको प्रस्ताव दर्ता गराएपछि मधेसका सभामुखले गरे ५ सांसदलाई पदमुक्त

अविश्वासको प्रस्ताव दर्ता गराएपछि मधेसका सभामुखले गरे ५ सांसदलाई पदमुक्त

शुक्रवार , कार्तिक २८, २०८२

काठमाडौं । मधेस प्रदेशमा सभामुख रामचन्द्र मण्डलमाथि अविश्वासको प्रस्ताव दर्ता गराएपछि उनले पनि पाँचजना सांसदलाई पदमुक्त गरेका छन् ।

मधेस प्रदेशसभा सचिवालयका अनुसार उनले लगातार १० वटा बैठकमा अनुपस्थित भएको भन्दै पाँच जना सांसदलाई पदमुक्त गरेका हुन् ।

उर्मीला देवी सिंह (सर्लाही), मनिषकुमार सुमन (सप्तरी), संजयकुमार यादव (सर्लाही), सिंहासन सा कलवार (सर्लाही) र सारदा शंकर प्रसाद कलवार (बारा)लाई कारबाही गरेका हुन् ।

पद रिक्तको जानकारी सम्बन्धमा एक सूचना जारी गर्दै भनिएको छ– 'मधेस प्रदेश सभा बैठकको अभिलेखअनुसार नेपालको संविधानको धारा १८०(घ) बमोजिम प्रदेश सभामा लगातार १० वटा बैठकमा अनुपस्थित रहेका तपशिलमा उल्लेखित माननीय सदस्यहरु मिति २०८२ कात्तिक २७ गतेदेखि प्रदेश सभा सदस्यबाट पदमुक्त भएको हुँदा निजहरु प्रदेश सभा सदस्यहरुको स्थान रिक्त भएको बेहोरा प्रदेश सभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १८५ बमोजिम सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।'

सभामुख मण्डलमाथि बिहीबार प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता भएपछि उनले सो प्रस्तावमा संलग्न सांसदहरूमध्येकै पाँच जनामाथि कारबाही गरेका हुन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077