Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बैठक सुरु हुनासाथ श्रम संस्कृति पार्टीको पर्चासहित विरोध, सभामुखले भने- मर्यादामा बसेर विरोध गर्नुहोला

बैठक सुरु हुनासाथ श्रम संस्कृति पार्टीको पर्चासहित विरोध, सभामुखले भने- मर्यादामा बसेर विरोध गर्नुहोला

सोमवार , जेठ ४, २०८३

काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु हुनासाथ श्रम संस्कृति पार्टीका सांसदहरूले अगाडि उभिएर विरोध जनाएका छन् । 

पार्टीका अध्यक्ष हर्क साम्पाङसहितका सबै सांसदहरूले प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्ने नारा लेखिएका पर्चासहित वेल घेराउ गर्दै विरोध जनाएका हुन् ।

उनीहरूले पर्चा लिएर सभामुख डोलप्रसाद अर्यालको आसन अगाडि उभिएर विरोध गरेका छन् ।  उक्त प्रदर्शनप्रति सभामुख डोलप्रसाद अर्यालले आपत्ति प्रकट गरेका छन् ।

सभामुख अर्यालले प्रतिनिधिसभा बैठकमा पर्चा देखाएर प्रदर्शन गर्न कानुन र नियमावलीअनुसार नमिल्ने बताएका छन् । 

'पर्चा देखाएर सदनमा न हाम्रा कानुन नियमावलीले दिएको छैन । विरोध गर्ने विभिन्न शैली हुन्छन् । मर्यादामा बसेर विरोध गर्न आदेश दिन्छु ।' सभामुख अर्यालले भने ।

सभामुखको आदेशपछि  उनीहरू आसनमा फर्किएका छन् । यद्यपि, उनीहरूले पर्चा छातीमा टाँसेर बसेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077