'पार्टी र जनताबीच दूरी बढ्यो भने राजनीतिक आन्दोलनको मर्म कमजोर हुन्छ'
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले नेतृत्वलाई वर्तमानका चुनौतीहरुप्रति गम्भीर हुन आग्रह गरेकी छन् ।
बल्खुस्थित मदननगरमा आइतबार आयोजित ३३औँ मदन-आश्रित स्मृति सभालाई सम्बोधन गर्दै भण्डारीले पार्टी नेतृत्वलाई जनताको हितलाई सर्वोपरी राखेर अघि बढ्न आग्रह गरेकी हुन् ।
एमाले नेतृ समेत रहेकी पूर्वराष्ट्रपति भण्डारीले मदनलाई स्मरण गर्दै एमालेमा सिद्धान्त र व्यवहारबीच देखिने असन्तुलनका कारण समाजमा प्रश्नहरु उठने गरेकाले त्यसको अन्त्यका लागि जनमुखि कार्यशैली, आत्म अनुशासन र सेवाभावलाई व्यवहारमा उतारेर अघि बढ्न आवश्यक रहेको बताइन् ।
'विगतमा उपलब्धिहरुसँगै वर्तमानका चुनौतीहरुप्रति पनि हामी गम्भीर हुन आवश्यक छ । यदाकदा सिद्धान्त र व्यवहारबिच देखिने असन्तुलनका कारण समाजमा प्रश्नहरु उठने गरेका छन् । जनताको विश्वास नै कुनै पनि राजनीतिक शक्तिको सबैभन्दा ठूलो शक्ति हो । यदि पार्टी र जनताबिच दूरी बढयो भने राजनीतिक आन्दोलनको मर्म कमजोर हुन्छ,' पूर्वराष्ट्रपति भण्डारीले भनिन्,।
जनताको विश्वास नै राजनीतिक शक्रिको सबैभन्दा ठूलो शक्ति भएकाले पार्टी र जनताबीच दुरी बढे राजनीतिक आन्दोलनको मर्म कमजोर हुने उनको भनाइ छ।
साथै एमालेले लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण र विकासको यात्रामा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै उनले अब पार्टीले पुनस् जनविश्वासलाई अझ सुदृढ बनाउन जनमुखी कार्यशैली, आत्मअनुशासन र सेवा भावलाई व्यवहारमा उतार्नुपर्ने बताइन् ।