Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले देशभक्त र राष्ट्रवादी न्याय पक्षधरहरूको सङ्गठन हो: पूर्वराष्ट्रपति भण्डारी

एमाले देशभक्त र राष्ट्रवादी न्याय पक्षधरहरूको सङ्गठन हो: पूर्वराष्ट्रपति भण्डारी

'मैले पार्टी सदस्यता नवीकरण गरेको छु, अहिले होल्डमा छ'

शुक्रवार , बैशाख १८, २०८३

नुवाकोट। पूर्वराष्ट्रपति विद्या भण्डारीले नेकपा एमालेमा आफ्नो सदस्यता नवीकरण भएपनि हाल होल्डमा रहेको बताएकी छन्।

शुक्रबार नुवाकोटमा पार्टी नेता तथा कार्यकर्तासँगको भेटघाटका क्रममा उनले एमालेसँग आफ्नो राजनीतिक सम्बन्ध निरन्तर रहेको दाबी गर्दै यस्तो बताएकी हुन् ।

उनले पार्टीलाई देशभक्त, राष्ट्रवादी, प्रगतिशील तथा सामाजिक न्यायमा प्रतिबद्ध संगठनका रूपमा चित्रण गर्दै भनिन्- 'नेकपा एमाले देशभक्त र राष्ट्रवादी र सामाजिक न्यायका पक्षधरहरूको सङ्गठन हो । म अनेक हिसाबले जोडिएको छु, कसैले नमाने पनि मैले एमालेको मैले पार्टी सदस्यता नवीकरण गरेको छु । अहिले होल्डमा छ ।'

उनले आफ्नो राजनीतिक संलग्नता विभिन्न हिसाबले एमालेसँग जोडिएको उल्लेख गर्दै आफूलाई अहिले पनि एमालेकै सदस्यका रूपमा लिने बताइन्।

भण्डारीले आफ्नो राजनीतिक यात्रा २०३७ सालतिरको पार्टी सदस्यतासँग सुरु भएको उल्लेख गर्दै तत्कालीन माले हुँदै एमालेसम्मको रूपान्तरणसँग आफ्नो निरन्तर सम्बन्ध रहेको बताइन्।

आफू हिजो पनि एमालेकै पार्टी सदस्य र आज पनि एमालेकै सदस्य रहेको उनको भनाई छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077