Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महाधिवेशनको शुभकामना दिँदै पूर्वराष्ट्रपति भण्डारीले भनिन्- परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन्‌

महाधिवेशनको शुभकामना दिँदै पूर्वराष्ट्रपति भण्डारीले भनिन्- परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन्‌

शनिवार , मंसिर २७, २०८२

काठमाडौं । नेकपा एमालेकी पूर्वउपाध्यक्ष एवम पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको ११औँ महाधिवेशन स्वस्थ, प्रतिस्पर्धी र योग्य तथा सक्षम नेतृत्व चयनमा केन्द्रित हुनुपर्नेमा जोड दिएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश दिँदै पूर्वराष्ट्रपति भण्डारीले देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरूलाई प्रतिनिधिहरूलाई राजनीतिक रूपमा परिपक्व र आ–आफ्ना क्षेत्रका जिम्मेवार नेता भएको स्मरण गराउँदै देशको परिवर्तित परिवेश तथा विश्व परिस्थितिबारे राम्ररी अवगत रहेको विश्वास व्यक्त गरेकी छन् ।

पूर्वराष्ट्रपति भण्डारीले महाधिवेशनलाई पार्टीको सर्वोच्च निकायका रूपमा चित्रण गर्दै लेखेकी छन्- ‘यो महाधिवेशन जनताको बहुदलीय जनवाद (जबज)का आधारभूत मान्यताहरूलाई आत्मसात् गर्दै पार्टीभित्र लोकतान्त्रिक संवाद, स्वस्थ प्रतिस्पर्धा तथा सहकार्यको वातावरणलाई अझ सुदृढ बनाउन सक्षम हुनेछ ।’

उनले थप लेखेकी छन- 'मुलुक अहिले तरल राजनीतिक अवस्थाबाट गुज्रिरहेको परिप्रेक्ष्यमा, प्राप्त उपलब्धिहरूको दृढतापूर्वक रक्षा गर्दै थप उपलब्धि हासिल गर्न एकताबद्ध भएर अघि बढ्नु आजको आवश्यकता हो । मुलुक र जनताप्रति उत्तरदायी तथा दूरदृष्टिपूर्ण निर्णयहरू गर्न यो महाधिवेशन सफल होस्, हार्दिक शुभकामना '

'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077