एजेन्सी । अमेरिकी सेनाले ड्रोन, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र मानवरहित प्रणालीले आधुनिक युद्धको स्वरूप तीव्र गतिमा परिवर्तन गरिरहेको दाबी गरेको छ ।
अमेरिकी कंग्रेस (संसद्)को हाउस आर्म्ड सर्भिसेज कमिटीसमक्ष प्रस्तुत भएका सेनाका वरिष्ठ अधिकारीहरूले विशेष गरी रुस र युक्रेन युद्धबाट भविष्यका लडाइँमा सस्ता, ठूलो संख्यामा उत्पादन गर्न सकिने र मानवरहित हतियारको भूमिका अत्यन्त महत्त्वपूर्ण हुने स्पष्ट भएको बताएका हुन् ।
अमेरिकी सेनाका सचिव ड्यानियल ड्रिस्कोलले युद्धको स्वरूप अत्यन्त तीव्र गतिमा बदलिरहेको र समयानुसार आफूलाई अनुकूलन गर्न नसक्ने सैनिकहरू पछि पर्ने चेतावनी दिए ।
ड्रिस्कोलका अनुसार, अमेरिकी सेनाले अहिले एआई, स्वचालित प्रविधि र आधुनिक कमान्ड प्रणाली समेटिएका नयाँ सैन्य संरचना तीव्र रूपमा विकास गरिरहेको छ ।
विशेष गरी सम्भावित इन्डो–प्यासिफिक द्वन्द्वलाई ध्यानमा राख्दै यस्तो तयारी अघि बढाइएको उनले बताए ।