एजेन्सी । अमेरिकी सेना प्रमुख जनरल र्यान्डी जर्जलाई पदबाट हटाइएको छ ।
अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले इरानसँगको युद्ध चर्किएकै अवस्थामा जर्जलाई राजीनामा दिन र तत्काल अवकाश लिन निर्देशन दिएका हुन् ।
रक्षा मन्त्रालयका प्रवक्ता सीन पार्नेलले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘जनरल र्यान्डी जर्जले ४१ औं सेना प्रमुखको रूपमा तत्काल लागू हुने गरी अवकाश लिँदै हुनुहुन्छ। राष्ट्रका लागि उहाँले पुर्याउनुभएको दशकौँ लामो सेवाप्रति विभाग कृतज्ञ छ र उहाँको सुखद अवकाशको कामना गर्दछ।’
इरानसँगको युद्ध सुरु भएको एक महिनाभन्दा धेरै समय भएसँगै भएको यो कारबाहीलाई विशेष मानिएको छ।
अमेरिकी सेनाले सम्भावित जमिनी आक्रमणका लागि हजारौँ सैनिकहरू मध्यपूर्व पठाइरहेको संवेदनशील समयमा यो बर्खास्ती भएको छ।