Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेसले भन्यो– संसद् मन लागे आउन चिया चौतारी हैन, प्रधानमन्त्री नआएसम्म विरोध जारी रहन्छ

कांग्रेसले भन्यो– संसद् मन लागे आउन चिया चौतारी हैन, प्रधानमन्त्री नआएसम्म विरोध जारी रहन्छ

बिहिवार , बैशाख ३१, २०८३

काठमाडौं। नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री नीति तथा कार्यक्रममाथिको छलफलमा उपस्थित नभए संसद्मा विरोध जारी रहने बताएका छन्। 

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सचेतक राईले प्रधानमन्त्री नीति तथा कार्यक्रममाथिको छलफलमा नआए विरोध जारी राख्ने बताएका हुन् ।

'कतै प्रधानमन्त्रीज्यूले प्रश्नबाट भागेर लोकतन्त्रलाई कमजोर बनाउने काम त प्रधानमन्त्रीले गर्नु भएको छैन । संसद् मन लागे आउने मन नलागे नआउने चिया चौतारी हैन । प्रधानमन्त्री भए अनुपस्थित भए विरोध जारी रहन्छ,' प्रधानमन्त्रीको अनुपस्थितिप्रति आपत्ति जनाउँदै राईले भनेका छन् ।

राईले देशको कार्यकारी प्रमुखले संसद्जस्तो गरिमामय संस्थालाई बेवास्ता गर्नु दुःखद भएको टिप्पणी गरे । 

साथै देशभित्र रहेर पनि संसद् भवनबाट १०० मिटरको दूरीको कार्यक्रम नआउनुलाई के भन्ने भन्ने राईको प्रश्न थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077