काठमाडौं । आजको प्रतिनिधिसभा बैठक तेस्रो पटक बसेर स्थगित भएको छ ।
नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीको उपस्थिति खोज्दै विपक्षी दलहरूले तेस्रो पटक पनि सदन अवरोध गरेपछि स्थगित बैठक भएको हो ।
यसअघि आजै बसेका दुईवटा बैठकमा पनि विपक्षी दलहरूले छलफलमा प्रधानमन्त्री उपस्थित हुनुपर्ने माग गर्दै संसद् अवरोध गरेका थिए ।
आज प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिने कार्यसूची रहेको थियो। तर अंतिम समयमा प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको उत्तर दिने कार्यसूची तय गरिएको थियो।
त्यसपछि विपक्षी दलहरूले प्रधानमन्त्री उपस्थित नभएसम्म बैठक अगाडि बढाउन नदिने सदन अवरोध गरेका थिए ।
तेस्रो पटक बसेको बैठकमा पनि विपक्षी दलका सांसदहरूले उभिएर विरोध जनाएपछि स्थगित बैठक भएको हो ।
अब अर्को बैठक बिहीबार ११ बजे बस्नेछ । आजको लागि तोकिएको नीति तथा कार्यक्रममाथिको छलफल बिहीबारको लागि तोकिएको छ ।