Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधि सभा बैठक फेरि १५ मिनेटका लागि स्थगित

प्रतिनिधि सभा बैठक फेरि १५ मिनेटका लागि स्थगित

बुधवार , बैशाख ३०, २०८३

काठमाडौं । नेपाली कांग्रेससहितका विपक्ष दलहरुले प्रतिनिधि सभाको दोस्रो बैठक पनि स्थगित भएको छ ।

बैठक सुरु हुनासाथ अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले प्रधानमन्त्रीको तर्फबाट नीति तथा कार्यक्रममाथि छलफल होस् भन्ने प्रस्ताव टेबुल गरेका थिए। 

प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति नभई सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिन नसकिने अडान विपक्ष दलको नेता भिष्मराज आङदेम्बेले लिएपछि विपक्ष दलका सांसदहरुले समेत उभिएर संसद् अवरुद्ध पारेका थिए ।

त्यसपछि सभामुख अर्यालले बैठक सुचारु गराउन पटक पटक आग्रह गरेपनि विपक्ष दलहरुले नमानेपछि फेरी १५ मिनेटका लागि बैठक स्थगित गरिएको हो ।

आज प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिने कार्यसूची रहेको थियो। तर अंतिम समयमा प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको उत्तर दिने कार्यसूची तय गरिएको थियो।

त्यसपछि विपक्षी दलहरूले प्रधानमन्त्री उपस्थित नभएसम्म बैठक अगाडि बढाउन नदिने सदन अवरोध गरेका थिए ।

अवरोध कायम रहेपछि सभामुख डिपी अर्यालले यसअघि पनि बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077