Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विपक्षी दलका सांसदहरूले सदनमै मागे प्रधानमन्त्री शाहको राजीनामा

विपक्षी दलका सांसदहरूले सदनमै मागे प्रधानमन्त्री शाहको राजीनामा

बुधवार , बैशाख ३०, २०८३

काठमाडौं । विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को राजीनामा माग गरेका छन् ।

आजको प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री स्वयं उपस्थित नभएको भन्दै विपक्षी सांसदहरूले आपत्ति जनाउँदै राजीनामा माग गरेका हुन् ।

नीति तथा कार्यक्रममाथि सांसदहरूको प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने भनिए पनि प्रधानमन्त्री शाह सदनमा उपस्थित छैनन् । उनको साटो अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले जवाफ दिनेगरी नयाँ कार्यसूची संशोधन गरिएको छ ।

परम्परा अनुसार नीति तथा कार्यक्रममाथि छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने परम्परा रहेको थियो । 

यद्यपी बालेन प्रधानमन्त्री भएपछि अहिलेसम्म संसदमा सम्बोधन सम्म गरेका छैनन् ।

सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/०८४ को सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । 

सोही विषयलाई लिएर विपक्षी दलहरूले प्रधानमन्त्रीको राजीनामा माग गर्दै संसद् सञ्चालनमा असहमति जनाउँदै नाराबाजी समेत गरेका छन् ।

सभामुखडोलप्रसाद अर्यालले पटक–पटक बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरे पनि विपक्षी सांसदहरू आफ्नो अडानमा कायम रहेपछि बैठक अवरुद्ध बनेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077