Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधिसभा बैठकमा कांग्रेस सचेतक राईले खोजे प्रधानमन्त्री, उपस्थितीका लागि रुलिङ गर्न माग

प्रतिनिधिसभा बैठकमा कांग्रेस सचेतक राईले खोजे प्रधानमन्त्री, उपस्थितीका लागि रुलिङ गर्न माग

बुधवार , बैशाख ३०, २०८३

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निश्कल राईले  सदनमा प्रधानमन्त्री अनुपस्थित भएकोप्रति असन्तुष्टि जनाएका छन् ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सचेतक राईले  प्रधानमन्त्री बालेन्द्र शाहलाई संसद्‍मा सहभागी हुन रुलिङ गर्न सभामुखसँग आग्रह गरेका हुन् ।

सभामुखलाई आग्रह गर्दै राईले भने- 'प्रधानमन्त्रीको आज पनि संसद्‍मा उपस्थित हुनु भएको छैन । उहाँ संसद्‍भन्दा माथि हो ? यसरी सभाको गरिमा बढ्दैन।संसद्‍मा उहाँको उपस्थितिको लागि रुलिङ गर्न पनि सभामुख महोदयलाई आग्रह गर्दछु ।' 

उनले प्रधानमन्त्री बालेन संसद्‍भन्दा माथि हो भन्दै पनि प्रश्न गरेका छन्। 

नीति तथा कार्यक्रममाथि सांसदहरूको प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने भनिए पनि प्रधानमन्त्री शाह सदनमा उपस्थित छैनन् । उनको साटो अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिनेगरी नयाँ कार्यसूची संशोधन गरिएको छ ।

यसअघि संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा प्रधानमन्त्री शाहले सांसदहरूको प्रश्नको जवाफ दिने उल्लेख गरिएको थियो ।

तर, प्रधानमन्त्री शाहले आह्वान गरेकोको मन्त्रिपरिषद् बैठकको समय र संसद बैठकको समय एकै समयमा पर्न गएकोले अर्थमन्त्री वाग्लेले जवाफ दिने भएका हुन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077