Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिपक्षलाई रास्वपाको प्रश्न- विगत ३७ वर्षमा जनतामाझ गरेका कति बाचा पूरा गरियो ?

प्रतिपक्षलाई रास्वपाको प्रश्न- विगत ३७ वर्षमा जनतामाझ गरेका कति बाचा पूरा गरियो ?

मंगलवार , बैशाख २९, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका उपनेता गणेश पराजुलीले आफ्नो पार्टीले निर्वाचनमा जनतामाझ गरेका बाचाबारे स्मरण रहेको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले जनताले दिएको विश्वासकै आधारमा रास्वपा हाल जनतामाझ गरेका प्रतिबद्धता कार्यान्वयन गर्ने दिशामा काम गरिरहेको बताएका हुन् ।

‘पराजुलीले भने  ‘राजनीतिमा यहाँहरु जति भोटो फटाएका छैनौ, अनुभवमा कच्चा छौ तर यो पुस्ताको नियतमाथि शङ्का नगर्नुस् ।

उनले रास्वपाले निर्वाचनको बेलामा गरेको बाचा पूरा गर्ने जिकिर गरे। उनले सरकारको कार्यप्रगतिबारे बोल्दै विभिन्न नीति तथा कार्ययोजनामार्फत काम अघि बढिरहेको पनि उल्लेख गरेका छन्।

अहिलेका प्रतिपक्ष दलहरूलाई विगतका चुनावमा गरेका वाचाहरू कति पुरा भए ? भन्दै प्रश्न समेत गरेका छन् ।

उनले विपक्षी दललाई प्रश्न सोधे- 'तपाईँहरूको ती वाचापत्र निर्वाचन सम्पन्न हुने बित्तिकै कहाँ फाँकिन्थे होलान् र जनतालाई गरिएका ती बाचाहरू विगतको ३७ वर्षमा कति पूरा गरियो र ती आफैँले लेखेका बाचा पत्रहरू हेरेर कति चोटि जनतामाझ पुगियो होला ?'

अहिलेका प्रतिपक्ष दलहरूलाई विगतका चुनावमा गरेका वाचाहरू कति पुरा भए ? भन्दै प्रश्न समेत गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077