Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रास्वपा सांसदहरूको प्रशिक्षण कार्यक्रम दोस्रो दिन पनि जारी

रास्वपा सांसदहरूको प्रशिक्षण कार्यक्रम दोस्रो दिन पनि जारी

आइतवार , बैशाख २७, २०८३

ललितपुर । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आज पनि जारी छ ।

पार्टीको केन्द्रीय प्रशिक्षण विभागद्वारा सक्षम सांसद, सशक्त संसद् संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रम राखेको शनिबारदेखि सुरु भएको थियो ।

स्टाफ कलेज जाउलाखेल ललितपुरमा राखिएको प्रशिक्षण कार्यक्रम पार्टीका उपसभापति एवं अर्थमन्त्री स्वर्णीम वाग्लेले उद्घाटन गरेका थिए ।

रास्वपाको प्रशिक्षण विभागद्वारा आयोजना गरिएको कार्यक्रममा पार्टीबाट निर्वाचित प्रतिनिधिसभा सांसदहरूलाई संसदीय भूमिका, नीति, समसामयिक राजनीति तथा प्रभावकारी प्रस्तुतीकरणलगायत विविध विषयमा प्रशिक्षण दिइने जनाइएको छ ।

33.jpg

संसद्मा १८२ सीट रहेको रास्वपाले यसअघि पनि सांसदहरूलाई दुई दिने प्रशिक्षण कार्यक्रम राखेको थियो।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077