Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्रीको सचिवालयले भन्यो - कार्यालय परिसरमा सञ्चारकर्मीलाई अवरोध गरिएको छैन

प्रधानमन्त्रीको सचिवालयले भन्यो - कार्यालय परिसरमा सञ्चारकर्मीलाई अवरोध गरिएको छैन

सोमवार , बैशाख २१, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सचिवालयले प्रधानमन्त्री कार्यालय परिसरमा सञ्चारकर्मीलाई भिडियो खिच्न अवरोध गरिएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ ।

सोमबार जारी प्रेस नोटमार्फत सचिवालयले घटनाबारे वास्तविकता स्पष्ट पार्दै सञ्चारकर्मीमाथि कुनै प्रतिबन्ध नलगाइएको दाबी गरेको हो ।

सचिवालयका अनुसार प्रधानमन्त्री कार्यालय परिसरमा सवारी साधनको अत्यधिक भीड देखिएपछि प्रधानमन्त्री शाहले सुरक्षाकर्मीसँग त्यसको व्यवस्थापन र सुरक्षा सतर्कताबारे सामान्य जिज्ञासा मात्र राखेका थिए ।

उक्त चासो प्रशासनिक सहजता र सवारी व्यवस्थापनसँग मात्र सम्बन्धित रहेको र सञ्चारकर्मीलाई काम गर्नबाट रोक्ने कुनै निर्देशन नदिएको स्पष्ट पारिएको छ।

प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालद्वारा जारी नोटमा, प्रधानमन्त्री कार्यकक्षमा प्रवेश गरेपछि गेटमा खटिएका केही सुरक्षाकर्मीले सञ्चारकर्मीलाई हट्न भनेको गुनासो प्राप्त भएको उल्लेख छ ।

तर, सो जानकारी प्राप्त हुनासाथ सचिवालयले समन्वय गरी त्यहाँ कुनै प्रकारको निषेध नरहेको स्पष्ट गरिसकेको जनाएको छ ।

सचिवालयले सञ्चारकर्मीहरूलाई सूचना संकलन र रिपोर्टिङमा कुनै अवरोध नभएको र भविष्यमा पनि नहुने स्पष्ट पारेको छ । साथै, सुरक्षा र व्यवस्थापनसँग सम्बन्धित सामान्य प्राविधिक विषयलाई प्रेस स्वतन्त्रतामाथिको अंकुशका रूपमा अतिरञ्जित नगर्न आग्रह गरिएको छ ।

साथै, नेपाल सरकार प्रेस स्वतन्त्रता, नागरिकको सूचनाको हक र संविधानप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै लोकतान्त्रिक मूल्य र मान्यतालाई सुदृढ बनाउन सञ्चार क्षेत्रसँग सहकार्य र पारदर्शिता कायम राख्ने प्रतिबद्धता दोहोर्याइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077