Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री बालेनलाई रक्षाले भनिन् - साँचो क्रान्ति ‘ज्ञ’ बाट होइन, ‘क’ बाट सुरु हुन्छ

प्रधानमन्त्री बालेनलाई रक्षाले भनिन् - साँचो क्रान्ति ‘ज्ञ’ बाट होइन, ‘क’ बाट सुरु हुन्छ

शुक्रवार , बैशाख १८, २०८३

काठमाडौं । २५७० औँ बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री बालेन्द्र शाहले दिएको सन्देशलाई लिएर नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले फरक धारणा सार्वजनिक गरेकी छन् ।

प्रधानमन्त्री शाहले शुभकामना सन्देशमा “साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ, र त्यो ‘ज्ञ’ ज्ञान हो” भन्ने विचार व्यक्त गरेका थिए ।

उक्त भनाइप्रति प्रतिक्रिया जनाउँदै बमले सामाजिक सञ्जाल फेसबुकमार्फत साँचो क्रान्ति ‘क’ बाटै सुरु हुने बताएकी हुन् । उनले लेखेकी छन्, 'साँचो क्रान्ति ‘क’ बाटै सुरु हुन्छ प्रधानमन्त्रीज्यू, र त्यो ‘क’ करुणा हो।'

बमले प्रधानमन्त्रीको ‘ज्ञान–केन्द्रित’ व्याख्याभन्दा ‘करुणा–केन्द्रित’ दृष्टिकोणलाई प्राथमिकता दिनुपर्ने तर्क राखेकी छन्। उनका अनुसार समाज रूपान्तरणका लागि ज्ञानसँगै करुणा अपरिहार्य तत्व हो ।

शान्ति, अहिंसा र करुणाका सन्देशवाहक सिद्धार्थ गौतम को जन्मजयन्तीका रूपमा मनाइने बुद्ध जयन्ती देश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077