Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ

संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ

शुक्रवार , बैशाख ११, २०८३

काठमाडौं । सुकमवासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी भनिने नारायण परियार पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार परिश्रमी बैंकिङ कसुर सम्बन्धी मुद्दाको अनुसन्धानका लागि पक्राउ परेका हुन् ।

एसपी भट्टराईले भने । उहाँलाई प्रहरीले पक्राउ गरेको छ। बैंकिङ कसुरको मुद्दामा फरार देखिएपछि पक्राउ गरेर अनुसन्धान सुरु गरेका हौं ।

यता प्रहरीले बिहीबार साँझ मात्र बागमती किनार आसपास माइकिङ गरेर थापाथली, सिनामंगललगायत क्षेत्रमा रहेका सुकुमवासी बस्ती खाली गर्न भनेको थियो।

शनिबारसम्म बस्ती खाली गरिने र अटेर गर्नेका संरचना भत्काइने, त्यसबाट हुने व्यक्तिगत सम्पत्तिको क्षतिका लागि आफैँ जिम्मेवार हुनुपर्ने चेतावनी दिइएको थियो।

शुक्रबार बिहानैबाट बागमती किनार, मनोहरा किनार लगायत क्षेत्रमा बस्दै आएका सुकुमबासीहरुले आफ्नो सामान प्याक गरिरहेका छन् ।

 कसैले भने  सुकुमवासी बस्ती खाली गराउने निर्णयको विरोधमा सरकारविरुद्ध नारा लगाउँदै स्थानीयले प्रदर्शन गरिरहेका छन् ।


यसअघि पनि सुकुमवासी बस्ती हटाउने क्रममा उनले प्रहरीमाथि नै बल प्रयोग गरेको आरोप थियो । त्यतिबेला परिश्रमीविरुद्ध मुद्दा चलेको थियो ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077