Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुकुमबासी बस्तीमा आज पनि डोजर

सुकुमबासी बस्तीमा आज पनि डोजर

सोमवार , बैशाख १४, २०८३

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन गरिएका छन्।

सोमबार बिहानदेखि गैरीगाउँस्थित सुकुमबासी बस्तीमा दुई वटा डोजरले संरचना हटाउने काम गरिरहेको छ। 

यसअघि शनिबार र आइतबार गैरीगाउँ र थापाथली क्षेत्रमा डोजर चलाइएको थियो।

यस्तै, भक्तपुरको मनोहरा सुकुमबासी बस्तीमा पनि घर–टहर भत्काउने कार्य जारी छ।

सरकारले अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने उद्देश्यले यस्तो अभियान सञ्चालन गरेको हो। 

थापाथली, गैरीगाँउ, मनोहरालगायतबाट विस्थागित भएका  सुकुम्बासीहरुलाई काठमाडौं र भक्तपुरमा राखिएको छ ।

उनीहरुलाई स्क्रिनिङपछि सरकारले तोकेको स्थानमा लैजाने तयारी छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077