Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मनोहराको सुकुमबासी बस्ती आज खाली गराइँदै

मनोहराको सुकुमबासी बस्ती आज खाली गराइँदै

आइतवार , बैशाख १३, २०८३

काठमाडौं । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–९ स्थित मनोहरा सुकुमवासी बस्तीमा आज बिहानदेखि पुनः डोजर चलाउने तयारी गरिएको छ ।

शनिबार साँझ बस्ती हटाउने क्रममा स्थानीयले ढुंगामुढा प्रहार गरेपछि स्थिति तनावपूर्ण बनेको थियो । ढुंगा प्रहारबाट केही प्रहरी घाइते भएका छन् भने त्यसपछि संरचना भत्काउने काम अस्थायी रूपमा रोकिएको थियो ।

सरकारले काठमाडौँका नदी किनारमा रहेका अवैध बस्ती हटाउने अभियान शनिबार बिहानबाट सुरु गरेको हो । सोही क्रममा थापाथली, गैरीगाउँ र शान्तिनगर क्षेत्रमा डोजर चलाएर बस्ती हटाइएको छ। ती स्थानमा बासिन्दाले सामान सार्दै घर छाडेका थिए, तर मनोहरामा भने प्रतिकार भएको हो।

मनोहरा क्षेत्रमा केही पक्की घरसमेत रहेका कारण डोजर चलाउन थालेपछि स्थानीय आक्रोशित बनेका हुन्। प्रहरीका अनुसार आज बिहानदेखि सुरक्षा व्यवस्था कडा बनाएर पुनः बस्ती हटाउने कार्य अघि बढाइनेछ।

काठमाडौँ उपत्यका विकास प्राधिकरण का अनुसार नदी किनारका पाँच बस्तीमा गरी ८७१ अनधिकृत घरधुरी रहेका छन्। जसअनुसार शान्तिनगरमा ४७६, गैरीगाउँमा १६२, थापाथलीमा १४३, गोठाटारमा ७७ र मनोहरामा १३ घरधुरी छन्।

सरकारले भने वास्तविक सुकुमवासीलाई व्यवस्थापन गर्ने दाबी गरेको छ। थापाथली क्षेत्रमा ६८ परिवार सरकारको सम्पर्कमा आइसकेका छन्। उनीहरूलाई दुई साताभित्र नागार्जुन नगरपालिका–१ स्थित सरकारी अपार्टमेन्टमा अस्थायी रूपमा राखिने र त्यसपछि दीर्घकालीन व्यवस्थापन गरिने बताइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077