Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरामा चल्यो डोजर

बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरामा चल्यो डोजर

आइतवार , बैशाख १३, २०८३

बुटवल। बुटवल उपमहानगरपालिका–४ स्थित उच्च अदालत तुलसीपुर बुटवल अगाडिको सरकारी जग्गामा बनेका घरटहरा हटाउन सुरु भएको छ।

रुपन्देहीको बुटवल उपमहानगरपालिकाले त्यहाँ रहेका टहरामा आज डोजर चलाएको हो ।

उपमहानगरपालिकाले हिजो साँझ माइकिङ गर्दै  हटाउन  सूचना जारी गरेपछि स्थानीयले आफैँ समान सारेका थिए ।  अहिले प्रहरीले संरचना हटाउनका लागि डोजर चलाउन सुरु गरेको छ । 

तत्कालीन लुम्बिनी अञ्चलाधीश कार्यालयको नाममा स्रेस्ता कायम रहेको सरकारी जग्गा अञ्चलाधीश कार्यालय खारेज भएपछि सरकारको निर्णयअनुसार उच्च अदालत तुलसीपुर बुटवल इजलासलाई भोगाधिकार दिइएको थियो।

साबिक वडा नम्बर ६ हाल वडा नम्बर ४ अन्तर्गत पर्ने साविक कित्ता नम्बर ३९६ ९हाल कित्ता नम्बर ७, ८, १२, ६१, १३ र ४० को करिब २ बिघा ५ कठ्ठा १४ धुर क्षेत्रफलमा निर्माण गरिएका घरटहरा हटाउन थालिएको हो।

वाह्र वर्षअघि पनि उक्त जग्गा खाली गराउने प्रयास भएको थियो । सो क्षेत्रमा निर्माण गरिएका अधिकांशमा टहरा चिया पसल तथा रेष्टुरेन्टका सञ्चालनमा छन्। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077