Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

थापाथली क्षेत्रको सुकुमबासी बस्ती खाली गर्न सुरक्षा प्रमुखहरूलाई प्रधानमन्त्री बालेनको निर्देशन

थापाथली क्षेत्रको सुकुमबासी बस्ती खाली गर्न सुरक्षा प्रमुखहरूलाई प्रधानमन्त्री बालेनको निर्देशन

बिहिवार , बैशाख १०, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौँको थापाथली क्षेत्रस्थित बागमती किनारका सुकुम्बासी बस्ती खाली गराउन सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

बुधबार साँझ सिंहदरबार मा आयोजित उच्चस्तरीय बैठकमा प्रधानमन्त्रीले आउँदो शनिबार र आइतबार नै बस्ती हटाउने अभियान सुरु गर्न निर्देशन दिएका हुन्।

बैठकमा नेपाल प्रहरीका आईजीपी दान बहादुर कार्की, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल लगायत उच्च सुरक्षा अधिकारीहरू सहभागी थिए।

बागमती नदी किनारको अतिक्रमित क्षेत्र खाली गराउने विषयमा सरकार गम्भीर देखिएको छ र त्यसका लागि आवश्यक तयारी अघि बढाइएको छ।

यसअघि काठमाडौँ महानगरपालिका का मेयर हुँदा नै बालेनले नदी किनारका सुकुम्बासी बस्ती हटाउने प्रयास गरेका थिए। तर, स्थानीयको कडा प्रतिवादका कारण त्यो अभियान सफल हुन सकेको थिएन।

अब भने संघीय सरकारको नेतृत्व सम्हालेपछि उनले पुनः सार्वजनिक क्षेत्रको अतिक्रमण हटाउने अभियानलाई प्राथमिकतामा राखेका छन्। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077