Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेलाई कानुनी लडाइँ लड्न रक्षा बमको सुझाव

एमालेलाई कानुनी लडाइँ लड्न रक्षा बमको सुझाव

मंगलवार , चैत्र १७, २०८२

काठमाडौं । नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले नेकपा एमालेलाई सडकमा अराजकता र विध्वंस नगर्न आग्रह गरेकी छन् ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक अभिव्यक्तिमा उनले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइका लागि भइरहेको आन्दोलनप्रति संकेत गर्दै संयमित र कानुनी बाटो रोज्न आग्रह गरेकी हुन् ।

संयोजक बमले देशले भदौ २३ र २४ गते ठूलो विध्वंस झेलिसकेको उल्लेख गर्दै अब त्यस्तो अवस्था दोहोरिन नहुने स्पष्ट पारेकी छन्।

'यदि तपाईंहरूलाई यो प्रक्रिया प्रतिशोध जस्तो लागेको छ भने कानुनी बाटो रोज्नुहोस्, कानुनी लडाइँ लड्नुहोस्। लोकतन्त्रमा सत्य प्रमाणित गर्ने ठाउँ अदालत र प्रक्रिया हो,' उनले भनेकी छन्।

उनले असहमति जनाउने अधिकार लोकतन्त्रको मूल आधार भए पनि त्यसको नाममा हिंसा, अराजकता र द्वन्द्व बढाउने गतिविधि अस्वीकार्य हुने बताएकी छन् ।

सडक अवरोध, सर्वसाधारणमाथि आक्रमण र सवारी साधन जलाउने जस्ता कार्यले एमालेको नैतिक आधार कमजोर बनाउने उनको तर्क छ।

'देश तपाईंहरूको राजनीतिक मुद्दाभन्दा माथि छ, अब देशलाई सास फेर्ने समय दिनुहोस्,' भन्दै उनले जिम्मेवार, उत्तरदायी र लोकतान्त्रिक चरित्र प्रस्तुत गर्न एमाले नेतृत्वलाई आग्रह गरेकी छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077