Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विश्वप्रकाशको प्रतिवेदन : यस्तो छ कांग्रेसको १४ पन्ने हारको समीक्षा (पूर्णपाठसहित)

विश्वप्रकाशको प्रतिवेदन : यस्तो छ कांग्रेसको १४ पन्ने हारको समीक्षा (पूर्णपाठसहित)

गगनको राजीनामा अस्विकृत गर्न विश्वले राखेका ७ तर्क

शुक्रवार , चैत्र ६, २०८२

काठमाडौं। नेपाली कांग्रेसले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा भएको हारको प्रारम्भिक समीक्षा गरेको छ ।

शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा उपसभापति विश्वप्रकाश शर्माले पेस गरेको प्रारम्भिक समीक्षा प्रतिवेदनमा १४ पानामा हारको समीक्षा गरिएको छ । प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले प्रत्यक्ष र समानुपातिकतर्फ गरी कुल ३८ सिट मात्रै जितेको थियो । 

नेपाली कांग्रेसले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा पराजय हुनुको कारणहरूमध्ये गठबन्धन सरकारलाई पनि दोषी मानेको छ । 

प्रतिवेदनमा भनिएको छ–‘दुई ठूला दल मिलेर सरकार बनाएपछि त्यसले सरकारको गतिमा तिव्रताको तीव्र अपेक्षा बढ्यो । तर सरकारको प्रस्तुति रह्यो–औसत । यसले नागरिक पंक्तिमा नयाँ विश्वास जगाउने परको कुरा, नयाँ आशासमेत जागृत हुन सकेन ।’

उनले कांग्रेस–एमालेको सरकार बन्दा भएको ७ बुँदे सम्झौतामा उल्लेख भएका कुराहरू सम्बोधन गर्न नसक्नु पनि चुनावमा पराजय हुनुको कारण मानेका छन् ।

दुई दलवको सरकार बन्दा ७ बुँदे सम्भौता उल्लेख थियो-संविधान समयानुकूल संशोधनको विषय । तर कार्यदलसम्म गठन भएन । संघीयतामा देश पुगेको दशक पुग्न लाग्दा पनि प्रदेशलाई दिनुपर्ने अधिकार दिन ढिलाइ रहिरह्यो । विद्यालय शिक्षा विधेयकका लागि शिक्षकले आन्दोलनमा उत्रिनुपर्ने, सम्झौतापछि पनि शिक्षा विधेयक, निजामती कर्मचारीसम्बन्धि विधेयक सहज टुंगोमा नपुग्ने । यी बसले तत् तत् क्षेत्रमा असन्तुष्टि चरम बन्दै गयो,’ प्रतिवेदनमा उनले उल्लेख गरेका छन्–‘बजेट निर्माण गर्दा अर्घेल्याइँ भएको भन्दै चर्को असन्तुष्टि संसद्‌मै पोखियो । नागरिक पंक्तिमा त्यसले सकारात्मक सन्देश विल्कुलै दिएन ।’

उनले चुनावमा पराजित हुनुमा अर्को कारण सामाजिक सञ्जालको विषय पनि उल्लेख गरेका छन् ।

गठबन्धनको सहमति बेगर सामाजिक सञ्जाल बन्द गर्ने निर्णय हुनु, गर्नुपर्ने काम नगर्नु, नगर्नुपर्ने कर्ममा हात हाल्ने जस्ता गतिविधिका कारण जेनजी विद्रोहको जन्म भएको पनि उनले बताएका छन् ।

यस्तो छ गगनको राजीनामा अस्विकृत गर्न विश्वले राखेका ७ तर्क
कांग्रेस सभापति गगन थापाको राजीनामा अस्वीकृत गर्न उपसभापति विश्वप्रकाश शर्माले ७ वटा तर्क अघि सारेका छन् ।

पार्टी केन्द्रीय कार्य समितको बैठकमा उनले पेश गरेको दस्तावेजमा गगनले दिएको राजीनामा अस्वीकृति गर्ने सम्बन्धित छुट्टै शीर्षकमा आफ्ना तर्क अघि सारेका छन्  । उनले भनेका छन्-'पचास दिनको छोटो अवधिमा कसैले पनि दिग्विजयको परिणाम खोज्नु युक्तिसंगत हुँदैन ।'

१) नेपाली कांग्रेस निर्वाचनमा पहिलो दलका रूपमा विजयी बन्न सकेन । तर सन्तोष मान्नुपर्छ कांग्रेसले अपनाएको मुल नितिको विजय भएको छ ।

कांग्रेसले अंगिकार गरेको राजनैतिक र आर्थिक नितिका पछिल्तिर पुराना/नयाँ सबै दल उभिन आइपुगेका छन् । वर्तमान संविधान, संसदीय प्रणाली, संघीयता र सामाजिक न्याय सहितको उदार अर्थब्यबस्था अबको नेपालमा सबैको साझा मुलमार्ग बन्न पुगेको छ ।

२) नेपाली कांग्रेस प्रतिनिधिसभामा पहिलो दल बनेन, तर दोस्रो दल बनिरहँदा एक संयमित र जिम्मेवार राजनैतिक दल देशको संसदले जिम्मेवार प्रतिपक्षका रूपमा पाएको छ ।

प्रतिपक्षी बेन्च जिम्मेवार ढंगले प्रस्तुत हुँदा त्यसले एकातर्फ लोकतान्त्रिक पद्धतिको सुदृढीकरणलाई बल पुग्छ, अर्कातर्फ समुन्नतिको गतिलाई सकारात्मक साथ पुग्नेछ । राम्रा कुरालाई साथ, खराबीमा खरो विमती कांग्रेसको रहनेछ ।

३) पराजय हुँदा पनि देशभर पार्टीपंक्ति हल्लिएको छैन । दृढ ढंगले अघि बढेर नयाँ परिस्थितिको विकास गर्न सकिन्छ भन्ने उर्जा आम पार्टी सदस्यमा देखिएको छ। यो अत्यन्तै सकारात्मक छ ।

४) विशेष महाधिवेशन मार्फत परिवर्तनको सन्देश लिएर नगएको भए, चुनावमा उर्जाका साथ खट्न सकिने थिएन र यो भन्दा खराब अवस्था आउने थियो ।

अतः पराजय व्यहोरेको भएपनि विशेष महाधिवेशनले नवीन रक्तसञ्चार गरेको थियो भन्नेमा देशभर आम पार्टी सदस्यको अव्यक्त मनोबिज्ञान र व्यक्त धारणा पाइएको छ ।

५) प्रतिकूल अवस्थाबीच चुनावमा जाँदा परिणाम अनुकूल नआउनु अनौठो होईन । तर परिवर्तनको सन्देशले पार्टी पंक्तिमा उर्जा भरेका कारण पार्टी शून्य परिणामको दुर्दशा र चरम निराशामा पुग्नबाट जोगिएको अभिमत पार्टीका शुभेच्छुक बौद्धिक क्षेत्रमा देखिएको छ ।

पार्टीलाई नयाँ योजनाका साथ अघि बढाउन बौद्धिक क्षेत्रको यो समीक्षा र शुभभाव हाम्रो आगामी यात्राका लागि प्रेरक रहनेछ ।

६) उसबेला विशेष महाधिवेशनसँग असहमत रहेपनि निर्वाचन पश्चात् अहिले त्यसभित्रको ठूलो पक्तिमा ‘पार्टी पछि फर्किनुहुन्न, अघि बढ्नुपर्छ, नियमित महाधिवेशनमा सबै सहभागी हुनुपर्छ र पार्टीलाई नवीन सम्भावनाको मार्गमा ऐक्यबद्ध भएर पुऱ्याउनुपर्छ’ भन्ने भावना प्रबल देखिएको छ । पार्टी सबैको साझा हो, यही अभिमत सबैको साझा अभिष्ट पनि हो ।

७) वर्षौंदेखिको नागरिकको असन्तुष्टि फागुन २१ को निर्वाचनबाट हाम्रो विपक्षमा मतका रुपमा प्रकट भइसकेको छ । अब यो विगत बनिसक्यो । अब नयाँ ढंगले अघि बढेर, कांग्रेसले देशका लागि विगतमा गरेका सबै राम्रा काम शान्तसँग नागरिक पंक्तिमा पुऱ्याउन हामीलाई समय मिलेको छ । नयाँ परिस्थिति विकास गर्न नयाँ संकल्प र नयाँ विश्वासका साथ नवीन उर्जाले हामी अग्रसर हुनुछ ।

1.jpg

2.jpg

3.jpg

4.jpg

5.jpg

6.jpg

 

8.jpg

9.jpg

10.jpg

11.jpg

12.jpg

13.jpg

14.jpg

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077