Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भोलिको कांग्रेस कार्यसमिति बैठकमा गगन नजाने, राजीनामा अस्वीकृत प्रस्ताव पेस हुने

भोलिको कांग्रेस कार्यसमिति बैठकमा गगन नजाने, राजीनामा अस्वीकृत प्रस्ताव पेस हुने

बिहिवार , चैत्र ५, २०८२

काठमाडौं । नेपाली कांग्रेसको शुक्रबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत प्रस्ताव पेस हुने भएको छ । 

सभापति थापाले २१ फागुनको निर्वाचनमा भोगेको हारको नैतिक जिम्मेवारी लिँदै उपसभापति विश्वप्रकाश शर्मालाई बुधबार मात्रै राजीनामा पत्र बुझाएका थिए ।

यद्यपि सभापति थापालाई उपसभापति शर्मा, ललितपुर महानगरका मेयरलगायत पार्टीभित्रैका केही नेताहरूले दिन नहुने भन्दै संयुक्त विज्ञप्ति नै जारी गरेका थिए । 

तर बुधबारको शीर्ष तहका नेताहरुको बैठकमा थापाले उपसभापति शर्मालाई राजीनामा पत्र बुझाएका छन् ।

भोलिको बैठकमा शर्माले थापाले सभापति पदबाट राजीनामा दिएको औपचारिक जानकारी गराउने र सो राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पनि पेस गर्ने भएका छन्।  

केन्द्रीय कार्यसमितिको बैठकको थापा सहभागी नहुने बैठकको अध्यक्षता उपसभापति शर्माले गर्नेछन् । 

पुस अन्तिम साता भएको कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा सभापति चुनिएका थिए । थापा २१ फागुनको निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट चुनाव लडे पनि रास्वपा उम्मेदवार अमरेस कुमार सिंहसँग पराजित भएका थिए । विशेष महाधिवेशनबाट चुनिएका र चुनाव लडेका सबै पदाधिकारी निर्वाचनमा पराजित भएपछि गगन थापामाथि नैतिक प्रश्न उठेको थियो ।

कांग्रेसले सबै निर्वाचन क्षेत्रमा परिपत्र गरेर निर्वाचनमा विजय-पराजय दुवैको कारणसहित रिपोर्ट पेस गर्न भनेको थियो । 

त्यसैले बैठकमा आमनिर्वाचनको समीक्षा र प्राप्त भएका रिपोर्टको साझा निष्कर्षसमेत उपसभापति शर्माले बैठकमा जानकारी गराउने बताइएको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077