Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यी हुन् कांग्रेसका २० जना समानुपातिक सांसद [सूचीसहित]

यी हुन् कांग्रेसका २० जना समानुपातिक सांसद [सूचीसहित]

आइतवार , चैत्र १, २०८२

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित उम्मेदवारहरूको नामावली टुंग्याएर निर्वाचन आयोममा बुझाएको छ ।

पार्टीको कार्यसम्पादन समितिको बैठकले १५ महिला र ५ पुरुष सहित कुल २० जनाको सूची आयोगमा पेश गर्ने निर्णय गरेको जानकारी पार्टीका प्रवक्ता देवराज चालिसेले दिएका हुन् ।

खस–आर्य समूहबाट पुरुषतर्फ अर्जुननरसिंह केसी र कालीबहादुर सहकारीको नाम पठाइएको छ। यसै समूहबाट महिलातर्फ सुशीला ढकाल आचार्य, रुक्मिणीदेवी कोइराला, रिना उप्रेती र सीता थपलियाको नाम समावेश गरिएको छ।

खस–आर्यबाट दुई पुरुष राख्न नमिल्ने अवस्था आएमा महिलातर्फ गंगा शाहीलाई अवसर दिने गरी सूची तयार गरिएको कांग्रेस स्रोतले जनाएको छ।

आदिवासी जनजाति महिलातर्फ गीताकुमारी सेन्दाङ्ग, गंगालक्ष्मी अवाल, गीता गुरुङ र रेनुका काउचाको नाम निश्चित गरिएको छ।

यसै समूहबाट पुरुषतर्फ भिष्मराज आङ्देम्बे र अपाङ्गता कोटाबाट मदनकृष्ण श्रेष्ठको नाम पठाइएको छ। यदि महिलाको संख्या अपुग भएमा मदनकृष्ण श्रेष्ठको स्थानमा सुनितादेवी सुवेदी (श्रेष्ठ) ले अवसर पाउने सम्भावना राखिएको छ।

थारू समूहबाट प्रमिलाकुमारी गच्छदार सिफारिस भएकी छन्। दलित समूहबाट हरिनादेवी कामी, पवित्रा विक र मनमाया विश्वकर्मा को नाम सिफारिस गरिएको छ।

मधेशी समूहमा महिलातर्फ निनुकुमारी कर्ण र रेखाकुमारी यादव तथा पुरुषतर्फ चन्द्रमोहन यादवको नाम समावेश गरिएको छ। मुस्लिम कोटाबाट शाहजान खातुन को नाम समानुपातिक सूचीमा परेको छ।

निर्वाचन आयोगले दलबाट प्राप्त सूची जाँच गरी स्वीकृत गरेपछि यी उम्मेदवारहरू प्रतिनिधिसभाका समानुपातिक सांसदका रूपमा औपचारिक रूपमा निर्वाचित हुनेछन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077