काठमाडौं । नेपाली कांग्रेसले शनिबार समानुपातिक तर्फको नाम टुंग्याउने भएको छ ।
महामन्त्री गुरुराज घिमिरेका अनुसार बन्दसूचीमा रहेका नामबाट क्लस्टर मिलाएर भोलिसम्ममा नाम पठाउने गरी छलफल भइरहेको हो ।
अहिलेसम्म पठाउने व्यक्तिको नाम टुङ्गिएको छैन ।
प्रत्यक्षमा १८ सीट जितेको कांग्रेसले समानुपातिकतर्फ १७ लाख ५९ हजार १७२ मत ल्याएर ३८ सीट पाएको छ।