Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हार स्वीकार्दै केपी ओलीले भने- जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्छु

हार स्वीकार्दै केपी ओलीले भने- जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्छु

बिहिवार , फाल्गुण २८, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हार स्वीकार गर्दै सार्वजनिक प्रतिक्रिया दिएका छन्। 

बिहीबार उनले सामाजिक सञ्जाल फेसबुकमार्फत एक सन्देश जारी गर्दै निर्वाचनमा आफू र आफ्नो पार्टीले सोचेजस्तो परिणाम प्राप्त गर्न नसकेको स्वीकार गरेका हुन्। 

लोकतन्त्रमा जनताको फैसला नै अन्तिम हुने बताउँदै ओलीले भनेका छन्- 'यस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ। हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन। लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो। जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु।'

ओलीले फागुन २१ गते भएको निर्वाचनबाट प्राप्त जनमतलाई पूर्ण सम्मानका साथ शिरोधार्य गर्ने प्रतिबद्धता जनाएका छन्। 

हारबाट विचलित नभई आगामी दिनमा पनि जनताकै बीचमा रहेर काम गर्ने र यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्ने उनको दृढता छ।

साथै निर्वाचनको परिणाम आफ्नो पक्षमा नआए पनि पार्टीको चुनाव चिन्ह सूर्यमा मतदान गर्ने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई उनले विशेष धन्यवाद दिएका छन्।

ओलीसंगै झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका रास्वपाका वरिष्ठ नेता एवम काठमाडौं महानगरका पूर्व मेयर बालेन्द्र साह (बालेन) ४९ हजार ६१४  मतान्तरले विजयी भएका थिए।

कुल खसेको मतमध्ये बालेन सहहले ६८ हजार ३४८ मत प्राप्त गर्दा एमाले अध्यक्ष ओली १८ हजार ७३४ मतमा खुम्चिएका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077