Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गगनलाई गोपालमानको सन्देश - राजीनामा होइन, कांग्रेस सम्हाल्नुहोस्

गगनलाई गोपालमानको सन्देश - राजीनामा होइन, कांग्रेस सम्हाल्नुहोस्

बुधवार , फाल्गुण २७, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले सभापति गगनकुमार थापालाई लाई राजीनामा नदिन आग्रह गरेका छन् ।

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि पार्टी सभापति थापाले राजीनामा दिने चर्चा चलिरहेका बेला श्रेष्ठले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन् ।

बुधबार फेसबुकमा सन्देश लेख्दै श्रेष्ठले निर्वाचनको नतिजा अपेक्षाअनुसार नआए पनि कांग्रेसलाई एकढिक्का बनाएर अगाडि बढ्नु अहिलेको मुख्य आवश्यकता भएको बताएका छन् ।

श्रेष्ठले सभापति थापाले देखाएको साहस, दृष्टि र युवापुस्तालाई प्रेरित गर्ने क्षमताले पार्टीलाई अझै मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।

'यस कठिन घडीमा राजीनामा दिनु वा नेतृत्व परिवर्तन गर्नु पार्टी र देश दुवैका लागि हितकर हुँदैन। बरु, हामी सबै कांग्रेसीजन एकढिक्का भएर तपाईंलाई साथ दिनु आवश्यक छ,' श्रेष्ठले आफ्नो सन्देशमा उल्लेख गरेका छन्।

उनले देशमा लोकतन्त्रको रक्षा, विधिको शासनको सुदृढीकरण र राजनीतिक अस्थिरताको अन्त्य अहिलेको प्रमुख आवश्यकता भएको पनि बताएका छन्।

'देश फेरि लयमा फर्कन थालेको छ, र यस यात्रामा तपाईंको नेतृत्वले हामीलाई आशा र दिशानिर्देश दिएको छ,' श्रेष्ठले लेखेका छन्।

श्रेष्ठका अनुसार निर्वाचनको परिणाम केवल नेतृत्वको असफलता मात्र नभई जनताको परिवर्तनको चाहनाअनुसार पार्टीलाई पूर्ण रूपमा रूपान्तरण गर्न नसकिएको संकेत पनि हो। त्यसैले वडादेखि केन्द्रसम्म संगठन सुदृढीकरण गर्दै पार्टीलाई रूपान्तरण गर्ने दिशामा अघि बढ्नुपर्ने उनले बताएका छन्।

संकटको घडीमा आफूले सभापति थापालाई पूर्ण समर्थन र ऐक्यबद्धता व्यक्त गर्दै सबै कांग्रेसी मिलेर पार्टीलाई नयाँ दिशामा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077