Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जाजरकोटमा कांग्रेसले जित्यो, नेकपाका शक्ति बस्नेत पराजित

जाजरकोटमा कांग्रेसले जित्यो, नेकपाका शक्ति बस्नेत पराजित

शनिवार , फाल्गुण २३, २०८२

जाजरकोट । जाजरकोटमा पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेत पराजित भएका छन् ।

नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार रहेका बस्नेतलाई नेपाली कांग्रेसका खड्कबहादुर बुढाले पराजित गरेका हुन् ।

बुढाले २० हजार १४२ मत ल्याउँदा बस्नेत १७ हजार ४०७ मत प्राप्त गरेका छन् ।

यस्तै नेकपा एमालेका डम्बर बहादुर सिंहले १६ हजार ८८३ मत ल्याएर तेस्रो हुँदा रास्वपाका राघब कार्कीले २ हजार ४७१ मत प्राप्त गरेका छन् ।

यो संगै नेपाली कांग्रेसले देशभरबाट ६ स्थानमा जित हासिल गरेको छ भने १० स्थानमा अग्रता कायम राखेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077