चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले स्पष्ट अग्रता लिएका छन्।
हालसम्म ५ हजार १८० मतगणना हुँदा लामिछानेले २ हजार २५ मत प्राप्त गरेका छन्।
त्यस्तै, नेकपा एमालेका अस्मिन घिमिरेले १ हजार ६९ मत ल्याएका छन् भने नेकपाका प्रताप गुरुङले १ हजार १० मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसकी मीनाकुमारी खरेलले ६ सय ६८ मत प्राप्त गरेकी छन् ।
प्रारम्भिक मतपरिणामअनुसार लामिछानेले निकटतम प्रतिस्पर्धीभन्दा झण्डै दोब्बर मतसहित अग्रता बनाएका छन्। मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।