Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

१८ वर्षपछि मुस्कुराउँदै मतदान गरे विप्लवले

१८ वर्षपछि मुस्कुराउँदै मतदान गरे विप्लवले

बिहिवार , फाल्गुण २१, २०८२

दाङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले मनदान गरेका छन्।

विप्लवले रोल्पाको परिवर्तन गाउँपालिका–३ थुनिकोटस्थित श्री बाल शिक्षा माध्यमिक बिद्यालय मतदान केन्द्र बाट मतदान गरेका हुन ।

विप्लवको सचिवालयका नारायण चन्दका अनुसार यसअघि विप्लवले २०६४ को संविधान सभा निर्वाचनमा मतदान गरेका थिए। त्यसयता उनले कहिलै मतदान गरेका थिएनन्।

अघिल्लो निर्वाचन बहिस्कार गर्दै आएको उनको पार्टीले यसपालि भने चुनावमा भाग लिएको छ।

यो निर्वाचनमा विप्लवपनि सहभागी छ।

निर्वाचन आयोगमा दलदर्ता गरि नेकपा (माओवादी) आधिकारिक रूपमा पहिलो पटक निर्वाचनमा सहभागी भएको हो।

मतदान गर्दा उनी प्रफुल्ल मुद्रामा रहेको तस्विर सार्वजनिक भएको छ । मत खसालेपछि उनी मुस्कुराउँदै बाहिरिएका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077