Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपति पौडेललाई विप्लवको १३ बुँदे ज्ञापनपत्र: सर्वपक्षीय सरकार गठन गर्न १० दिने अल्टिमेटम

राष्ट्रपति पौडेललाई विप्लवको १३ बुँदे ज्ञापनपत्र: सर्वपक्षीय सरकार गठन गर्न १० दिने अल्टिमेटम

बुधवार , पौष ९, २०८२

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले वर्तमान सरकारले जेनजी विद्रोहको भावना अनुरूप कामदर नगरेको भन्दै सर्वपक्षीय सरकार गठन गर्न माग गरेको छ ।

बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसंग नेकपा माओवादीले वर्तमान सरकारलाई भंगगरी सर्वपक्षीय सरकार गठन गर्न माग गर्दै १३ बुँदे ज्ञापनपत्र बुझाएको हो ।

नेकपा माओवादीका नेता नेत्रविक्रम चन्द ‘विप्लव’ले बुझाएको उक्त ज्ञापनपत्रमा कार्की नेतृत्वको अन्तरिम सरकार भङ्ग गर्न १० दिने ‘अल्टिमेटम’ दिइएको छ।

‘जेनजी विद्रोहको भावनाअनुरुप साथै विशेष परिस्थितिमा अवलम्बन गरिने आवश्यकताको सिद्धान्तलाई प्रयोग गरी संविधानलाई गर्नुपर्छ । यदि जनताका भावना, अग्रगामी राजनीतिक प्रस्ताव र जेनजीका आवाजहरूलाई समयमै सुनिएन भने परिस्थिति फेरी पनि विस्फोटक बन्दैन भनेर भन्न सकिँदैन । तसर्थ परिस्थितिको यो गम्भीरतालाई मध्यनजर गर्दै हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी९माओवादी० का तर्फबाट तत्काल निम्न मागहरू पूरा गरेर मात्र देशलाई सापेक्षिक शान्ति, स्थिरता र निर्वाचनतिर लैजान सकिन्छ भन्ने मान्यताकासाथ महामहिम राष्ट्रपति ज्यू सामु यो ज्ञापन पत्र पेस गरेका छौँ', ज्ञापनपत्रमामा भनिएको छ ।

त्यति मात्र नभइ प्रत्यक्ष निर्वाचिन कार्यकारीको व्यवस्था, भ्रष्टाचारीमाथिको मुद्दा हेर्ने शक्तिशाली न्यायलय गठन, साम्राज्यवादी साँस्कृतिक हस्तक्षेप बन्द गर्ने लगायतका मागहरु समेत अघि सारेका छन् । साथै आफ्ना मागहरु पूरा नभएमा सडक संघर्षमा जाने चेतावनी समेत दिइएको छ ।

यस्ता छन् मागहरू

Shra B.Shera

 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077