Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सर्वपक्षीय सरकार बनाउनुपर्ने ओलीको प्रस्तावमा विप्लव सहमत

सर्वपक्षीय सरकार बनाउनुपर्ने ओलीको प्रस्तावमा विप्लव सहमत

शनिवार , मंसिर २७, २०८२

काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले तत्काल सर्वपक्षीय सरकार गठन गरी चुनाव अघि संविधानअनुसार चुनाव आयोजना गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।

शनिबार भक्तपुरको सल्लाघारीस्थित तीनकुनेमा आयोजित नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै महासचिव विप्लवले वर्तमान सरकारलाई ‘अध्यारो कुनाबाट बनेको अवैध’ भन्दै समर्थन नगर्ने स्पष्ट पारे ।

उनले भने- ‘देशलाई निकास चाहिएको छ र त्यसका लागि राजनीतिक शक्तिहरूले नै नेतृत्व गर्नुपर्छ। सर्वपक्षीय, अन्तरिम सरकार बनाएर मात्रै संविधान पुनर्लेखन गरी सबै श्रमिक, जाति, वर्ग, क्षेत्र र युवा पुस्ताको चाहना सम्बोधन गरेर निर्वाचन गर्न सकिन्छ ।’

उक्त अवसरमा विप्लवले एमालेले राष्ट्रिय स्वाधीनताको पक्षमा लिएको अडानका कारण देशी र विदेशी प्रतिक्रियावादी शक्तिहरूको दबाब बढेको उल्लेख गरे ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077