Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारविरुद्ध कडा संघर्ष गर्ने विप्लवको चेतावनी

सरकारविरुद्ध कडा संघर्ष गर्ने विप्लवको चेतावनी

शुक्रवार , पौष ११, २०८२

काठमाडौं । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्दले वर्तमान सरकारले आफ्नो पार्टीलाई युद्धमा धकेल्न खोजेको भन्दै आक्रोश पोखेका छन्।

शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले पार्टीको कपिलवस्तु र अर्घाखाँचीमा रहेको श्रमशिविरहरूमा प्रहरीले अपरेशन गरेर सरकारले आफ्नो पार्टीलाई निर्वाचनमा नभई युद्धमा होम्न खोजेको भन्दै आक्रोश व्यक्त गरेका हुन्।

उनले त्यहाँबाट प्रहरी फिर्ता बोलाउने र अपरेशनमा जानु गलत थियो भन्दै त्यहाँ रहेका प्रहरी तत्काल फिर्ता नबोलाए सरकारविरुद्ध कडा संघर्ष गर्ने चेतावनी दिए।

महासचिव विप्लवले भने- 'हाम्रो केन्द्रीय कम्युनमा प्रहरीहरूको अपरेशन भयो। हामी सुशीलालाई यहीबाट थ्रेट गर्न चाहन्छौँ- राम्रोसँग सुन-तिमीले चुनाव गर्न चाहेकी हौ कि युद्ध गर्न ? यो कुराको फैसला चाहिन्छ। हाम्रो केन्द्रीय कम्युनबाट तुरन्तै पुलिस फिर्ता गरेनौ र त्यहाँ भएका सबै गल्तीमा माफी मागेनौ भने मूल्य चर्को पर्छ भन्ने हामी भन्न चाहन्छौँ।'

सरकारले चुनाव गर्न चाहेको हो कि युद्ध ?’‚ प्रधानमन्त्री सुशीला कार्कीलाई विप्लवको प्रश्न थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077