Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विप्लव दल दर्ता गर्न आयोग जाँदै, पार्टीको नाम ‘कम्युनिस्ट पार्टी नेपाल’ राख्ने प्रस्ताव

विप्लव दल दर्ता गर्न आयोग जाँदै, पार्टीको नाम ‘कम्युनिस्ट पार्टी नेपाल’ राख्ने प्रस्ताव

मंगलवार , कार्तिक ११, २०८२

काठमाडौं । दल दर्ता प्रक्रियाका लागि नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वमा नेकपाका नेताहरु निर्वाचन आयोग जाँदै छन् ।

आज नेता सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा, कर्णजित बुढा लगायतका नेताहरु वकिलहरुसहित निर्वाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथ जान लागेका हुन् ।

दर्ता हुने पार्टीको नाम ‘कम्युनिस्ट पार्टी नेपाल’ प्रस्ताव गरिएको सदस्य ढकालले जानकारी दिएका छन् ।

नेता बुढामगरले दल दर्ता प्रक्रियाका लागि आवश्यक कागजातसहित निर्वाचन आयोग जान लागेको बताएका छन् ।

मगरले यही कात्तिक महिनाभित्रै दल दर्ता गर्ने पनि बताएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077