Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

४ अर्ब ९६ करोडमा सम्पन्न भयो प्रतिनिधिसभा निर्वाचन, प्रति मतदाता खर्च २६३ रुपैयाँ

४ अर्ब ९६ करोडमा सम्पन्न भयो प्रतिनिधिसभा निर्वाचन, प्रति मतदाता खर्च २६३ रुपैयाँ

मंगलवार , जेठ ५, २०८३

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा भएको कुल खर्च सार्वजनिक गरेको छ ।

आयोगका अनुसार गत फागुन २१ गते सम्पन्न निर्वाचनमा ४ अर्ब ९६ करोड ७८ लाख ३९ हजार ४५ रुपैयाँ खर्च भएको छ।

निर्वाचन सञ्चालनका लागि सरकारले आयोगलाई ६ अर्ब ७१ करोड ९२ लाख ८७ हजार २ सय रुपैयाँ बजेट उपलब्ध गराएको थियो।

सार्वजनिक विवरणअनुसार विनियोजित बजेटमध्ये करिब १ अर्ब ७५ करोड रुपैयाँ खर्च हुन बाँकी रहेको देखिएको छ।

आयोगले कूल मतदाता संख्या १ करोड ८९ लाख ३ हजार ६ सय ८९ लाई आधार मानेर हिसाब गर्दा प्रतिनिधिसभा निर्वाचनमा प्रति मतदाता औसत २ सय ६३ रुपैयाँ खर्च भएको जनाएको छ।

निर्वाचन खर्चमा मतदान केन्द्र व्यवस्थापन, कर्मचारी परिचालन, सुरक्षा, मतपत्र छपाइ, ढुवानी, सूचना प्रविधि तथा अन्य प्रशासनिक शीर्षक समावेश रहेको आयोगले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077