Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बिहीबार सांसद प्रमाणपत्र प्रदान गरिने, दिउँसो राष्ट्रपति समक्षलाई प्रतिवेदन बुझाइने

बिहीबार सांसद प्रमाणपत्र प्रदान गरिने, दिउँसो राष्ट्रपति समक्षलाई प्रतिवेदन बुझाइने

बुधवार , चैत्र ४, २०८२

काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधिसभामा समानुपातिकबाट निर्वाचित सांसदहरूलाई बिहीबार प्रमाणपत्र प्रदान गर्ने भएको छ । 

आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले बिहीबार बिहान ११ बजे आयोगमा समानुपातिक प्रणालीबाट निर्वाचित भएका सांसदहरूलाई प्रमाणपत्र वितरण गर्ने जानकारी गराएका हुन् । 

'भोलि बिहान ११ बजे समानुपातिक प्रणालीबाट निर्वाचित हुनुभएका सांसदहरूलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रम तय भएको छ,' प्रवक्ता भट्टराईले  भने । 

भट्टराईले प्रमाणपत्र वितरणपछि बिहीबार दिउँसो प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउने तय भएको जानकारी दिए । 

त्यसपछि राष्ट्रपति पौडेलले पत्रकार सम्मेलन गरेर निर्वाचनसम्बन्धी सम्पूर्ण जानकारी दिने बताइएको छ ।  

गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचन सम्बन्धी नतिजा सार्वजनिक गरिसकेको छ । 

प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले १२५, नेपाली कांग्रेस १८, नेकपा एमालेले ९,नेपाली कम्युनिष्ट पार्टीले ८, श्रम संस्कृति पार्टीले ३, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ र स्वतन्त्रले १ सिट जितेको छ ।

समानुपातिकतर्फ भने राजनीतिक दलहरूले प्राप्त गरेको मतका आधारमा  प्रतिनिधिसभामा ११० सांसद रहने प्रावधान रहेको छ। 

जसअनुसार रास्वपाले ५७, कांग्रेसले २०, एमालेले १६, नेकपाले ९, श्रम संस्कृतिलेर राप्रपाले ४/४ सिट प्राप्त गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077