Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकाले निष्कासन गरेका ९० भन्दा बढी नेपाली स्वदेश फिर्ता

अमेरिकाले निष्कासन गरेका ९० भन्दा बढी नेपाली स्वदेश फिर्ता

शनिवार , फाल्गुण १६, २०८२

काठमाडौं । अमेरिकाले निष्कासन गरेका ९० जनाभन्दा बढी नेपाली शनिबार बिहान काठमाडौं आइपुगेका छन् । उनीहरूलाई ओम्नी एयरको चार्टर्ड विमानमार्फत श्रीलंकाको कोलम्बो हुँदै काठमाडौं ल्याइएको हो ।

अमेरिकी सरकारले १२० भन्दा बढी नेपालीलाई निष्कासन गरिने जानकारी वासिंटन डिसीस्थित नेपाली दूतावासलाई पत्राचारमार्फत दिएको थियो।

दूतावासले उक्त जानकारी नेपाल सरकारको परराष्ट्र मन्त्रालयलाई गराएपछि स्वदेश फर्काउने प्रक्रिया अघि बढाइएको स्रोतले जनाएको छ। बाँकी रहेका अन्य केही नेपालीलाई समेत चरणबद्ध रूपमा फर्काउने तयारी भइरहेको बताइएको छ।

स्रोतका अनुसार निष्कासितमध्ये केहीले पासपोर्ट फ्याँकेर लुकिछिपी बस्दै आएका थिए भने केही ‘तल्लो बाटो’ प्रयोग गरी अमेरिका पुगेका थिए। उनीहरू अमेरिकाको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा पक्राउ परेर निष्कासनमा परेका हुन्।

अमेरिकाले सानो संख्यामा डिपोर्ट गर्दा नियमित व्यावसायिक उडानमार्फत पठाउने गरेको भए पनि ठूलो संख्यामा हुँदा चार्टर्ड विमान प्रयोग गर्ने गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077