Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बैतडीमा एमाले र रास्वपाका कार्यकर्ताबीच झडप, दुईजना घाइते

बैतडीमा एमाले र रास्वपाका कार्यकर्ताबीच झडप, दुईजना घाइते

बुधवार , फाल्गुण १३, २०८२

बैतडी । बैतडीको डिलासैनी गाउँपालिका–७ लेक टोलमा चुनाव प्रचारका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एमालेका कार्यकर्ताबीच झडप हुँदा दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार झडपमा घाइते हुनेमा २८ वर्षीय जनक धामी र २६ वर्षीय माधव धामी रहेका छन् । दुवै जना एमाले निकट युवा संघसँग आबद्ध रहेको प्रहरीले जनाएको छ ।

घाइतेजनामध्ये जनकको टाउको र निधारमा चोट लागेको छ भने माधवको ढाड र दाहिने खुट्टामा चोट पुगेको छ। उनीहरूको उपचार हाल गोकुलेश्वर अस्पतालमा भइरहेको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धानका लागि टोली खटाएको र स्थिति नियन्त्रणमा रहेको जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077