Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गगनलाई कटाक्ष गर्दै रविले भने - २० वर्ष सांसद भएपछि बल्ल बाटो बनाउने कानुनको ज्ञान आयो ?

गगनलाई कटाक्ष गर्दै रविले भने - २० वर्ष सांसद भएपछि बल्ल बाटो बनाउने कानुनको ज्ञान आयो ?

मंगलवार , फाल्गुण १२, २०८२

इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले काँग्रेस सभापति गगन थापालक्षित गरेर सांसद भएको २० वर्षपछि बाटो बनाउने ज्ञान आयो भन्दै व्यंग्य गरेका छन् ।

मंगलबार इटहरीमा आयोजित परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका लामिछानेले यस्तो व्यंग्य गरेका हुन् ।

उनले २०औँ वर्ष सांसद मन्त्री भइसकेपछि मात्रै बाटो बनाउन कानुन चाहिने रहेछ भन्ने ज्ञान आयो भन्दै कटाक्ष गरे ।

केही समयअघि धनगढीको चुनावी सभामा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ ले सडक बनाउन ढिलासुस्ती गर्ने ठेकेदारहरुलाई रुखमा बाँधेर भए पनि बाटो बनाउन लगाउने भनेका थिए ।

यता उक्त भनाइलाई काउन्टर दिँदै कांग्रेस सभापति गगनकुमार थापाले निर्माण सम्बन्धी विभिन्न ऐनहरु बनाएमा मात्रै बाटो बनाउन सकिने बताएका थिए ।

सोही भनाइप्रति कटाक्ष गर्दै लामिछानेले भने- '२०–२० वर्ष सांसद र मन्त्री भएपछि बल्ल बाटोघाटो बनाउन १२–१५ वटा कानुन फेर्नुपर्छ भन्ने ज्ञान आयो तपाईँहरूलाई । बल्ल कानुन चाहिने रहेछ भन्ने थाहा भयो ?'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077