Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गगन लक्षित रविको कटाक्ष–तपाईंको ज्ञान तपाईंसँगै राख्नुहोला

गगन लक्षित रविको कटाक्ष–तपाईंको ज्ञान तपाईंसँगै राख्नुहोला

बालेनको भाषणलाई यसरी सच्याए

मंगलवार , फाल्गुण १२, २०८२


काठमाडौं । चुनावी सभालाई सम्बोधन गर्न इटहरी पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले एकै ठाउँबाट नेपाली कांग्रेसका सभापति गगन थापालाई जवाफ पर्काउने र आफ्ना वरिष्ठ नेताको भाषणलाई पनि सच्याउने काम गरेका छन् । 

पार्टीका वरिष्ठ नेता बालेन्द्र साहको एक अभिव्यक्ति विवादित बनेपछि उनले सच्याउने प्रयास गरेका हुन् । इटहरीमा बालेनसँग स्टेज सेयर गर्दै उनले निर्माण व्यवसायीलाई फकाउने प्रयास गरेका हुन् । 

बालेनले केही दिनअघि एक भाषणमा ठेकेदारलाई बाँधेर वा थुनेर भए पनि बाटो चाँडो बनाउनुपर्ने अभिव्यक्ति दिएका थिए । त्यसको विरोधमा निर्माण व्यवसायीहरुले एक विज्ञप्ति जारी गर्दै उक्त अभिव्यक्ति सच्याउन र माफी माग्न चेतावनी दिएको छ । 

सोही कुरालाई सच्याउन खोज्दै रविले भने–‘‘रास्वपाले आफ्ना कुरा राख्दा कतिपय मान्छे आत्तिएको देखिएको छ । म निर्माण व्यवसायी साथीहरुलाई भन्न चाहन्छु, तपाईंहरुले विज्ञप्ति निकाल्नु पर्दैन ।

ठूला–ठूला इक्वीपमेन्ट खरिद गर्ने तयारी गर्नुस, रातारात कसरी विकास निर्माण गर्ने हो, त्यतातिर लाग्नुस । देश विकासको दिशामा अघि बढिसक्यो । हामी असुरक्षित भएका हौं कि भन्नुभएको छ । त्यस्तो हुँदैन। हामीले डोरीले बाँध्ने भनेको होइन, कानूनले बाँध्ने भनेको हो ।’

त्यसपछि कांग्रेस सभापति थापाप्रति सोझिएका रविले बल्ल ज्ञान आयो भन्दै प्रश्न गरे । । थापाले विकासका काम चाँडो गर्न १२–१५ वटा कानून फेर्नुपर्ने बताएका थिए ।

सोही विषयलाई लिएर रविले भने–‘२०–३० वर्ष सांसद र मन्त्री बनेपछि १२–१५ वटा कानून फेर्नुपर्छ भन्ने बल्ल ज्ञान आयो ? तपाईंको ज्ञान तपाईंसँगै राख्नुहोला ।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077