Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मुलुकलाई ठग्ने र लुट्नेलाई उन्मुक्ति नदिने रवि लामिछानेको चेतावनी

मुलुकलाई ठग्ने र लुट्नेलाई उन्मुक्ति नदिने रवि लामिछानेको चेतावनी

आइतवार , फाल्गुण १०, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकलाई ठग्ने र लुट्ने जो–कोहीलाई पनि उन्मुक्ति नदिने चेतावनी दिएका छन्।

चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले भ्रष्टाचारमा संलग्न भई देशको सम्पत्ति विदेश पुर्‍याउनेहरूको अनिवार्य रूपमा छानबिन गरिने र हिसाबकिताब सार्वजनिक गरिने बताएका हुन् ।

लामिछानेले आफ्नो पार्टी सत्ता सम्हालेपछि कसैसँग राजनीतिक प्रतिशोध नसाँध्ने स्पष्ट पारे। तर सुशासन, पारदर्शिता र जवाफदेहिताको सवालमा भने कुनै सम्झौता नहुने उनको भनाइ थियो।

उनले भने, 'हामीलाई राजनीतिक प्रतिशोध लिनु छैन। तर जनता र देशलाई ठगेको, लुटेको र देशमा पैसा नअटाएर विदेशमा समेत जम्मा गरेको सम्पत्तिको अनिवार्य छानबिन र हिसाब हुन्छ।'

यसै क्रममा उनले केपी शर्मा ओलीले शेरबहादुर देउवाको घरमा जलेको भनिएको पैसाबारे ‘एआई’ भनी गरेको टिप्पणीप्रति लक्षित गर्दै त्यस विषयको पनि सत्यतथ्य बाहिर ल्याइने बताएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077