Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाललाई तेस्रो सफलता, मल्ल र यादवपछि सन्दीपले लिए विकेट

नेपाललाई तेस्रो सफलता, मल्ल र यादवपछि सन्दीपले लिए विकेट

आइतवार , माघ २५, २०८२

काठमाडौं । नेपालका लागि सन्दीप लामिछानेले तेस्रो विकेट लिएका छन्। उनले टम ब्यान्टनको विकेट लिएका हुन्। उनी २ रन बनाएर पेभेलियन फर्किएका हुन्। 

मुम्बईको वाङ्खेडे स्टेडियममा जारी आइसीसी टी–२० विश्वकप २०२६ मा पावरप्ले सकिँदा इङ्ल्यान्डले २ विकेटको क्षतीमा ५७ रन बनाएको छ। नेपालका लागि पहिलो विकेट शेर मल्लले लिएका थिए। 

उनले दोस्रो ओभरको पहिलो बलमा नेपालको लागि पहिलो विकेट लिएका हुन्। उनले ओपनर फिल साल्टलाई क्याच आउट गराएका थिए। 

नेपालको लागि ५३ औं खेलाडीको रूपमा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका उनले पहिलो बलमा नै विकेट लिएका हुन्। 

दोस्रो विकेट मध्यम गतिका बलर नन्दन यादवले लिए। उनले अर्का ओपनर जोस बट्लरलाई २६ रनमा विकेटकिपर आसिफ शेखको हातमा क्याच गराएका थिए। पावरप्ले सकिँदा इङ्लयन्डले दुवै ओपनरको विकेट गुमाएको हो। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077